Thursday, June 13, 2024

राजदेवीमा एक जनाको शव वेवारिसे अवस्थामा फेला

पछिल्लाे समाचार


रौतहट , ८ कत्तिक //
रौतहटको राजदेवी नगरपालिकामा एक जनाको शव वेवारिसे अवस्थामा फेला परेको छ।
राजदेवी नगरपालिका वडा नम्बर ४ स्थित बागमती नदीको किनारमा पहिचान खुल्न नसकेको अन्दाजी ५५ वर्षीय पुरुषको शव कुहिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान ८ः३० बजेतिर नदीको पानीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मृतकको शव पोष्टमार्टमको लागि गौर अस्पतालमा पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु