रौतहट २९ असोज /दुर्गापुजा मेलाको अवसरमा जिल्लाको धेरै स्थानमा कुस्ती प्रतियोगिताको आयोजन गरिएको छ।
रौतहटको गढीमाई नगरपालिकाको मलाहीबजारमा कुस्ती प्रतियोगिताको आयोजन गरिएको छ।
भारत र नेपालका खेलाडीले कुस्तीमा भाग लिएको आयोजकले जनाएको छ।
गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले कुस्ती खेल को आकर्षण रहेको र स्थानीयको माग रहेकोले भारतबाट खेलाडी ल्याइ नेपाल प्रहरीको नेतृत्वमा कुस्ती प्रतियोगिता आयोजना गरिएको बताए ।
सो कुस्ती प्रतियोगितामा तीन नेपाली खेलाडीले भारतीय कुस्ती खेलाडीलाई पराजित गरेका थिए ।
रौतहटको गढीमाई ८ बीनग्राका कुस्ती खेलाडी राजेश यादवले भारतको दिल्लीका कुस्तीखेलाडी राहुलबीच खेलको ८ मिनेटको समयमा पहिलो एक मिनेटमै पराजित गरेका छन्। यस्तै नेपाल प्रहरीका कुस्तीखेलाडी रितेश यादवले भारतको बनारसका खेलाडी इसारुदीनलाई पराजित गरे।
नेपाल प्रहरीका धर्मेन्द्र यादवले दिल्लीका अर्का कुस्तीखेलाडी गोलु पहलवानलाई पराजित गरेका छन्।