Thursday, June 13, 2024

रौतहटमा विद्युत प्राधिकरणको चरम लापरबाही ,विद्युत अनियमित हुँदा उपभोक्ताहरु समस्यामा

पछिल्लाे समाचार


रौतहट ,२ कार्तिक //
रौतहटमा विद्युत प्राधिकरणको चरम लापरबाहीका कारण विद्युत अनियमित हुँदा उपभोक्ताहरु समस्यामा परेका छन् । नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्र र शव स्टेशन हर्षाहाको लापरवाहीका कारण वारम्वार बत्ती जाने–आउने गर्दा उपभोक्ता हैरान भएका हुन्।
विद्युत प्राधिकरणले लोडसेडिङ नरहेको दावी गर्दै आएपनि बत्ती भने वारम्वार गइरहन्छ ।दिनमै दर्जनौं पटक बत्ती जाने–आउने समस्याले उपभोक्ताहरू आजित भएका छन् । यता, विद्युतकै माध्यमबाट सञ्चालन हुने व्यवसायहरू त झन संकटमा परेका छन् । विद्युत अनियमित हुदा व्यवसाय सञ्चालनमा समस्या मात्र भएको छैन वारम्वार बत्ती जाने–आउने गर्दा विद्युतीय उपकरणहरू बिग्रिएर हैरान भएको व्यवसायीहरु बताउछन।
लोडसेडिङ नै गर्ने हो भने निश्चित समय तोकेर बत्ती काट्नु, तर वारम्वार बत्ती जाने–आउने गर्दा समस्या भइरहेको उपभोक्ताहरु बताउछन।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु