Monday, June 24, 2024

लायन्स क्लव अफ फेमिना द्वारा शैक्षिक सामाग्रि सहयोग

पछिल्लाे समाचार

रौतहट १३ कार्तिक / लायन्स क्लव अफ चन्द्रपुर मेमिनाले शनिवार रौतहटको गरुडामा रहेको अनाथलयमा शैक्षिक सामाग्री तथा खाने समाग्री सहयोग गरेको छ ।
अनाथलयमा रहेका ३२ जना बालबालिका हरु लाई ब्याग , कपि , पेन्सील , बिस्कुट,नेलकट सहयोग गरेको लायन्स क्लव अफ चन्द्रपुर फेमिनाका अध्यक्ष निशा कोइराला ले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथी इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्री राम भण्डारी रहनुभएको थियो । संचालन लायन रेनुका जिसी ले गरेकी थिइन भने , सहयोग बितरण कार्यक्रममा संचारकर्मी, व्यापारी , समाजिक अभियान्ता लायन्स क्लव अफ चन्द्रपुरका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु