Friday, July 19, 2024

लालबन्दी वडाध्यक्ष कप फुटबलको उपाधि लियो परवानिपुरले

पछिल्लाे समाचार


सर्लाही ,२६ असोज //
लालबन्दी नगरपालिका–१, नवलपुरमा आयोजित चौंथो नगर स्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नं. १६ परवानिपुरले जितेको छ ।
प्रतियोगिताको फाइनल खेलमा वडा नं. ६ लाई २–० गोलले स्तब्ध पार्दै साेमबार साँझ वडा नं. १६ परवानिपुर च्याम्पियन बनेको हो ।
वडा नं. १६ को जितमा दुवै गोल रमेश बस्नेतले गरेका थिए । बस्नेत नै प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।जितसँगै वडा नं. १६ ले ६६ हजार ६ सय ६६ रुपैयाँ नगदसहित पहिलो शिल्ड उचालेको छ ।

उपबिजेता वडा नं. ६ ले ३३ हजार ३ सय ३३ रुपैयाँमा जितेको छ। फुटबल प्रशिक्षक अर्जुन चौधरीका अनुसार प्रतियोगितामा वडा नं. ३ अनुशासित टिम घोषित भएको छ ।
उसलाई ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिताको बिजेता, उपबिजेता र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का र पूर्वमन्त्री शम्भुलाल श्रेष्ठले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
लालबन्दी नगरपालिकाको आर्थिक सहयोग तथा जिवेश्वर युवा क्लबद्वारा आयोजित प्रतियोगितामा लालबन्दी नगरपालिकाका १७ वटै वडाले सहभागिता जनाएकाे आयाेजक क्लबका दिपेन्द्र बुढाथाेकीले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु