Friday, June 21, 2024

वडा दशैंको पहिलो दिन आज घटस्थापना गर्दै

पछिल्लाे समाचार


रौतहट ,२१ असोज //
नेपालीहरुको महान चार्ड वडा दशैंको पहिलो दिन आज हिन्दु धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्दैछन् ।
घटस्थापनाको साइत आज बिहान ११ बजेर ४६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ बजेर ४६ मिनेट अघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने समितिले जनाएको छ ।
शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गर्ने चलन छ ।
दशैं आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाउने गरिन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु