रौतहट ,१७ असोज //
जिल्लाको गौर नगरपालिका का श्री जुद्ध माध्यमिक विद्यालय गौरका ९७ जना छात्राहरूलाई साइकल वितरण गरिएको छ।
प्रदेश सरकारको लोकप्रिय कार्यक्रम “बेटी बचाउ ,बेटी पढाउ ” अभियान अन्तर्गत सो विद्यालयका कक्षा ९ मा अध्ययनरत ९७ जना छात्राहरूलाई साइकल बितरण गरिएको हो।

प्रदेश नम्बर २ का सहकारी तथा कृषि राज्यमन्त्रि योगेन्द्र राय यादवको अतिथ्यता,गौर वडा नम्बर २ का वडा अध्यक्ष राकेश झाको अध्यक्षता तथा नगर प्रमुख अजय कुमार गुप्ताको बिशिष्ट आतिथ्यतामा साइकल वितरण गरिएको हो।

कार्यक्रममा किरण ठाकुर ,शोभा साह, गीता कुशवाहा, बिद्यालयका शिक्षकहरू तथा अभिभावक लगायत भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।