Thursday, June 13, 2024

सन्तपुरमा कृष्ण मन्दिर शिलान्यास

पछिल्लाे समाचार

रौतहट ४ कार्तिक / चन्द्रपुर ८ सन्तपुरमा श्रीकृष्ण प्रणामी मन्दिरको शिलान्यास गरिएको छ । सन्तपुरमा करीव १० करोडको लागतमा मन्दिर र सामुदायिक भवन निर्माण हुन लागेको हो ।
सेवा समिति नेपाल केन्द्रीय समितिको आमन्त्रण र ब्यबस्थापनमा,करिब २ बर्ष पछि नेपालमा नवनिर्मित किर्तिपुर र दाप्चा स्थित श्रीकृष्ण प्रणामी मन्दिरको कलश अनावरण र रौतहट सन्तपुरमा करिब १० करोडको लागतमा निर्माण हुन लागेको श्रीकृष्ण प्रणामी मन्दिर र सामुदायिक भवनको शिलान्यास साथै धार्मिक अनुस्ठानहरुमा सहभागी हुन केन्द्रीय मन्दिर श्री नवतनधाम र हालै सौन्दर्यिकरण सम्पन्न इमाडोल मन्दिर, कटुन्जे मन्दिर,काभ्रे मन्दिर र नवनिर्माण हुँदै गरेको सिमरा मन्दिरको निरीक्षण दर्शन र श्री नवतनधाममा आयोजना हुने शरद पुर्णिमा मा सहभागी हुन श्रीकृष्ण प्रणामी धर्माचार्य जगदगुरु अनन्त श्री बिभुषित कृष्णमणि महाराजश्री आएका छन।
नेपालमा भएको कार्यक्रममा महाराजजी सन्तबृन्द, श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल र श्रीकृष्णप्रणामी युवापरिषद् नेपाल, बाइजुराज महिला समितिका केन्द्रीय पदाधिकारी ,साथै जिल्ला पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु