Tuesday, April 22, 2025

सप्तरीमा प्रदेश स्तरीय मिथिला कप टी–ट्वाइन्टी क्रिकेट प्रतियोगिता हुने

पछिल्लाे समाचार


सप्तरी,२ कार्तिक //

सप्तरीमा प्रदेश स्तरीय मिथिला कप टी–ट्वाइन्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
युवा शक्ति क्लब विष्णुपुरले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसस्थित खेल मैदानमा बुधवारबाट तेश्रो संस्करणको खेल आयोजना गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा सप्तरी क्रिकेट संघसँगको समन्वयमा प्रतियोगिता आयोजना गर्न लागिएको कल्बका अध्यक्ष रविन्द्र यादवले बताएका छन् ।

कुल १६ वटा टिमलाई सहभागी गराएर आयोजना हुन लागेको प्रतियोगिता कार्तिक ३ गतेदेखि १२ गतेसम्म हुने उनले जानकारी दिएका छन् ।
प्रतियोगितामा बोटसोन क्रिकेट एकेडमी झापा, बिराटनगर स्पोर्टीङ कल्ब मोरङ्ग, फुलवारी क्रिकेट कल्ब सुनसरी, रन्जितपुर राईडर्स टीम सप्तरी, छिन्नमस्ता स्पोर्टस कल्ब सप्तरी, बजाज युथ क्रिकेट एकेडमी सप्तरी, रुपनी राईडर्स सप्तरी, तिलाठी कोईलाडी एलेभेन सप्तरी, लायन्स कल्ब सप्तरी सहभागी रहने छन्।
यस्तै जनकपुर क्रिकेट ऐकेडेमी धनुषा, लहान क्रिकेट कल्ब सिरहा, धनुषा रोयल क्रिकेट ऐकेडेमी धनुषा, नरेश सिंह क्रिकेट ऐकेडेमी महोत्तरी, रौतहट ११ रौतहट, क्रिकेट बजार ११ बारा र युनाईटेड क्रिकेट कल्ब पर्सा सहभागी हुने कल्बका सचिव राजेन्द्र कुमार मुखियाले बताएका छन् ।
सप्तरीबाट ६, धनुषाबाट २, महोत्तरी, रौतहट, बारा, पर्सा, सिरहा, सुनसरी, झापा, मोरङबाट १-१ वटा टिमको सहभागीता हुने जनाएको छ ।
प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद शाहले प्रतियोगीताको उद्घाटन गर्ने कल्बका कोषाध्यक्ष नन्दकिशोर गुप्ताले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु