रौतहट,२५ असोज//
रौतहटको चन्द्रपुर नगरपालिका ९ चेतनगरका अति विपन्न ८५ घर मुसहर समुदायलाई ८५ वटा ब्लाङकेट र ८५ पोका बिष्कुट सहयोग गरिएको छ ।
हिन्दुहरुको महान चाड बडा दशैको अवसर पारेर आर्थिक अवस्था कमजोर भएका मुसहरलाई राहत वितरण गरिएको हो ।
दशैमा हुने फजुल खर्च कटाएर प्रत्येक वर्ष सहयोग गर्दै आएका चन्द्रपुर ९ सिन्दुरेघारी निवासी समाजसेवी राजन खतिवडाले आफ्नै आर्थिक लगानीमा उक्त राहत सामग्री वितरण गरेको हुन ।
सिन्दुरेघारी धर्मशालामा एक कार्यक्रमका बिचमा राहत सामाग्री बितरण गरिएको थियो ।
जाडो मौसमको सुरुवात भएसँगै विपन्न परिवारलाई समस्या हुने भन्दै ब्लाङ्केट वितरण गरिएको खतिवडाले बताएका छन् ।
समाजसेवी खतिवडा शेयर मार्केटका जागिरे हुन् ।
राहत बितरण कार्यक्रममा सिन्दुरेघारी धर्मशालाका अध्यक्ष दामोदर दुलाल, नेपाली काङ्ग्रेस क्षेत्र नं ४ का महाधिवेशन प्रतिनिधि सुर्य बहादुर थापा, चन्द्रपुर ९ का वडा सदस्य प्रभु नारायण चौधरी लगाएतको अतिथ्यता रहेको थियो ।