Wednesday, May 22, 2024

सशस्त्र प्रहरीद्वारा प्रतिबन्धित लागुऔषध गाँजा बरामद

पछिल्लाे समाचार


धनुषा ,१६ भदौ //
धनुषाको नगराइन नगरपालिका २ स्थित सिमा इलाकाबाट सशस्त्र प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।
गाँजा बोकेका व्यक्ति भारततर्फ भागेपछि पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नगराइनबाट प्रहरी नायब निरीक्षक संजय प्रसाद बरालको कमान्डमा खटिएको टोलीले ३ किलो ४२० ग्राम गाँजा बरामद गरेको हो।

बरामद गाँजा आवश्यक कार्यवाही को लागि सिमा प्रहरी चौकी लग्मालाई बुझाएको जनाएको छ।

गाँजा फाली फरार भएका तस्करको खोजि भईरहेको प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु