सर्लाही , १३ कात्तिक //
सूर्य बाल क्लबको सक्रियतामा सर्लाहीको ईश्वरपुर नगरपालिकामा हुन लागेको बाल विवाह रोकीएको छ।
नगरपालिकाको झन्झर टोलमा हुन लागेको बाल विवाह ग्रामिण नारी उत्थान संघको समुन्नति परियोजना अन्र्तगत गठन भएको सूर्य बाल क्लबको सक्रियतामा रोकिएको हो ।
स्थानीय १९ बर्षीय किशोरी र सोही ठाँउका वर्ष १९ कै किशोरबिच हुन लागेको विवाह रोकिएको हो ।
क्लबका अनुसार बाल विवाह भईरहेको भन्ने जानकारी क्लबमा आएपछि उनिहरुले स्थानीय प्रहरी प्रशासनको सहयोगमा विवाह रद्द गरिएको हो।
प्रहरी पुग्नु अगाडिनै दुवै किशोर किशोरीलाई भगाईसकिएकोले परिवारका सदस्यलाई नियन्त्रणमा लिई विवाह बदर गर्नुपर्ने र उमेर नपुगी विवाह गरिएको खण्डमा कानून अनुसार कारवाही गरिने भनि कागज गराई छाडिएको ईलाका प्रहरी कार्यालय ईश्वरपुरले जानकारी दिएको छ ।