Friday, July 19, 2024

स्रोत नखुलेको १० लाखभन्दा बढी रहकसहित दुई जना पक्राउ

पछिल्लाे समाचार


महोत्तरी,२३ असोज //
महोत्तरीबाट स्रोत नखुलेको १० लाखभन्दा बढी रहकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका ७ बस्ने १८ वर्षीया बिन्दा कुमारी साह र मनरा सिस्वा नगरपालिका-५ कटैया बस्ने ३४ वर्षीय दीपेन्द्रकुमार साह रहेका छन्।


जलेश्वर नगरपालिका ८ बज्राहीस्थित भित्री सडकखण्डमा नम्बर नलेखिएको मोटरसाइकललाई चेकजाँच गर्दा सो रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।


महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश बिष्टका अनुसार दीपेन्द्र ले पिठ्युमा बोकेको झोलाभित्र पाँच लाख, मोटरसाइकलको सिटमुनिमा लुकाइएको २ लाख, मोटरसाइकलको एयर फिल्टरको पल्लाभित्र लुकाइएको तीन लाख र उनको खल्तीबाट चार हजार चार सय गरी १० लाख चार हजार चार सय रकम बरामद गरिएको हो।

रकम र मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइएको उनले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु