Tuesday, September 17, 2024

स्वार्थका लागि नेपालले पार्टी फुटाए :पुर्व मन्त्रि पौडेल

पछिल्लाे समाचार


रौतहट ,१० कात्तिक //
एकीकृत समाजवादी पार्टी भनेको मन्त्री खान गएको एक झुन्ड भएको नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य तथा पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले बताएका छन् ।
नेता पौडेलले नेकपा एमाले चन्द्रपुर नगर कमिटीको प्रथम नगर अधिवेशनको उदघाटन समारोहमा बोल्दै जनता संग जोडिएको ,गरिव तथा निमुखा संग जोडिएको पार्टी एमालेनै भएको उनको भनाई रहेको थियो।

उनले अप्ठ्यारोमा नेकपा एमाले नभएर यतीबेला एकीकृत समाजवादी पार्टी आफै भंडखालोमा परेको बताएका छन्।
सिद्धान्त र बिधिको कुरा गर्ने माधव नेपालनै आफ्ना मान्छे लाई मन्त्री बनाउनकै लागि एमालेबाट चोइटिएर गएको आरोप लगाएका छन् ।
नेकपा एमालेमै बसेर ,एमालेकै सांसद भएर काँग्रेसका नेतालाई प्रधानमन्त्री बनाउनेहरू कदापि कम्युनिस्ट हुनै नसक्ने उनको भनाई रहेको थियो। उनका अनुसार नेकपा पार्टी प्रचण्ड र माधव नेपालकै कारण फुटेको हो।

नेपाली काग्रेसको आतंक ,माओवादी र एकीकृत समाजवादीको गलत कुरालाई चिर्न सक्ने एक मात्रै पार्टी एमाले भएको बताउदै पौडेलले सत्य न्याय र समानताको लागि लडने एक मात्रै पार्टी एमाले भएको जिकिर गरेका छन् ।

सो कार्यक्रममा नेकपा एमाले रौतहटका अध्यक्ष तुलसीराज गिरीले चन्द्रपुर नगर अधिवेशनमा आएको जनलहरले एमाले फुटेको नभएर अझै सशक्त भएको बताएका छन्।
उनले रौतहटमा एमालेबाट केही मान्छे मात्रै गएको धेरै एमालेले मै रहेको समेत कार्यक्रममा बताएका छन् ।

अध्यक्ष गरिले समाजवादीमा सनाखत गरेका निर्वाचित जनप्रतिनिधिहरू धमाधम एमालेमै फर्कन थालेको बताउदै आउदो स्थानीय निर्वाचन सम्ममा भुलभुलैमा समाजवादीमा गएकाहरू एमालेमै फर्कने बताएका छन् ।

शिव आचार्यको अध्यक्षयतामा भएको उदघाटन समारोहमा प्रदेश सदस्य उदव रेग्मी ,अखिलेश्वर चौधरी ,खड्ग बहादुर तामाङ ,कृष्ण प्रसाद तिमल्सिना ,राजेन्द्र श्रेष्ठ ,राजु धामी ,सारदा हुमगाई ,नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष नौतन पोख्रेल , प्रमोद चौधरी लगाएतका विभिन्न बत्ताहरुले वर्तमान राजनीतिक परिवेस र आगामी दिनमा नेकपा एमलेले खेल्नु पर्ने जनपक्षीय भुमिकाका बिषयमा जोड दिएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु