Wednesday, May 22, 2024

हराएको मोटरसाईकल प्रहरीले फेला पारी धनीलाई बुझाइयो

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट ८ कार्तिक । रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ७ जुडिवेला टोल घर भई वडा नं. २ चन्द्रनिगाहपुरमा बसोवास गर्दै आएका अरबिन्द चौधरीको हराएको मोटरसाइकल प्रहरीले फेला पारी बुझाईएको छ ।

धनीले दिएको निवेदन अनुसार खोजतलासको क्रममा उक्त मटरसाईकल प्रहरीले बेबारिसे अवस्थामा गरुडा न.पा.वडा नं. ५ झाँझपुल नजिक नदि किनारामा फेला पारी बुझाईएको हो।
उक्त मोटरसाइकल ईलाका प्रहरी कार्यालय गरुडाबाट आवश्यक अनुसंधान पछी वास्तविक धनिलाई बुझाईएको प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिएका छन । गरुडा नगरपालिका वडा नं. ४ स्थित रहेको NP STAR होटलको तल पार्किङ गरी राखेको अवस्थामा अज्ञात ब्यक्तिले मोटरसाइकल चोरी गरी लगेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु