Wednesday, February 18, 2026

अवैध लागुऔषध गाँजासहित नेपाल–भारत सीमाक्षेत्र बाट एक जना पक्राउ

पछिल्लाे समाचार


सर्लाही ,२३ असोज //
सर्लाहीको मलंगवा नगरपालिका–२, नेपाल–भारत सीमाक्षेत्र दशगजाबाट अवैध लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ब्रम्हपुरी गाउँपालिका–८, भेल्ही निवासी ४५ वर्षीय बिन्देश्वर सहनी रहेका छन्।

शनिबार सहनी गाँजा बोकेर नेपालबाट भारत तर्फ जाँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनले बोकेको नाइलनको झोलाबाट ३ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सहनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु