Wednesday, February 18, 2026

नगर प्रमुख चौधरीले गरे स्विमिङ् पुलको शिलान्यास

पछिल्लाे समाचार


रौतहट ,२३ असोज //
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्वर ३ स्थित गैंडाटारमा स्विमिङ् पुलको शिलान्यास गरिएको छ।

विहिबार एक कार्यक्रमको बीच गैंडाटार स्थित तिलेश्वर नाथ सामुदायिक वन क्षेत्र भित्रको खालि जग्गामा चन्द्रपुरका नगर प्रमुख रामचन्द्र चौधरीले स्विमिङ् पुलको शिलान्यास गरेका हुन्।
तिलेश्वर नाथ सामुदायिक वनका अध्यक्ष राजु धामीका अनुसार नेपाल सरकारको ७ करोडको बजेटमा तिलेश्वर नाथ सामुदायिक वन क्षेत्र भित्र पर्यटकिय स्थल निमार्ण गर्नका लागि स्विमिङ् पुल सहित बिभिन्न संरचनाको निमार्ण हुने बताइएको छ।
सो वन क्षेत्रमा पर्यटन भित्र्याउनको लागि फन पार्क,चिडियाखाना,रेष्टुरेन्ट,बगौचा लगायतका संरचनाहरु निमार्ण हुने उनले बताएका छन् ।
शिलान्यास कार्यक्रममा चन्द्रपुर नगरपालिका सामाजिक बिकास शाखा संयोजक सरस्वती खुलाल,सिभिल ईन्जिनियर अमित रिजाल,राम बहादुर घलान,संतोष चौहान लगायतका स्थानिय बासिन्दाहरुको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु