Wednesday, May 22, 2024

अवैध औषधीसहित सिराहाबाट दुइ जना पक्राउ

पछिल्लाे समाचार


सिरहा , १६ कात्तिक //
भन्सार छलेर ल्याउँदै गरेको अवैध औषधीसहित सिराहाबाट दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहाको बरियारपट्टि गाउँपालिका वडा नम्बर ५ बस्ने १८ बर्षीय राकेश कुमार यादव र टेम्पु चालक लहान नगरपालिका १ बस्ने २२ बर्षीय शत्रुद्यन राम रहेका छन्।
लहान नगरपालिका वडा नम्बर १९ स्थित कटहा चौकमा प्रदेश २-०१–००१ ह. ०६७३ नम्बरको टेम्पु चेक जांच गर्ने क्रममा करिब ३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ मूल्य बराबरको अवैध औषधी बरामद गरेको सिरहा प्रहरीले जानकारी दिएको छ।
१४ कार्टुनमा लिकोटोन २२५ एमएलको १ हजार ६२ बोतल औषधि बरामद गरिएको सिरहा प्रहरीका प्रबक्ता सुवास बुढाथोकीले बताएका छन्।
औषधिसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय ठाडी पठाइएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु