रौतहट , १६ कात्तिक //
रौतहटको मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहालाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
यो आदेशसँगै उनीहरुले आ आफ्नो पालिका पुगेर पद बहाली गरेका छन् । अदालतले संविधानमा नभएको व्यवस्था ऐनमा समेटेर पदमुक्त गनेृ निर्वाचन आयोगको निर्णय प्रथम दृष्टिमै गलत देखिएको भन्दै उनीहरुको पदबहाली गरेको हो ।
पालिकाखबरले जनप्रतिनिधिलाई पार्टी परित्याग गरेकै आधारमा पदमुक्त गर्ने निर्वाचन आयोगको कदम गैरसंवैधानिक भएको विषयमा समाचार प्रकाशन गरेलगत्तै दुवै जनप्रतिनिधि सर्वोच्च्च पुगेका थिए ।
निर्वाचन आयोगले स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त हुने सूचना निकालेको थियो । त्यसविरुद्ध दुईजना जनप्रतिनिधि अदालत पुगेपछि अदालतले अन्तरिम आदेशमार्फत यथाअस्थामा काममा फर्कन भनिएको थियो ।