रौतहट १६ कार्तिक //नेकपा एकीकृत समाजवादि का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपी ओली प्रबृती बाट आफू मुक्त भएको बताएका छन ।
प्रधानन्यायधिसको बिषयमा अहिले सम्म गठबन्धन बिच छलफल नभएको बताएका छन ।
गृह जिल्ला रौतहटको चन्द्रपुरमा मंगलवार बिहान पत्रकारहरु सग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानन्यायधिसको बिषयमा पाचदलका नेता बसेर छलफल गर्ने बताएका हुन ।
अध्यक्ष नेपालले पाच दलिय गठबन्धन आउदो चुनाव सम्म रहने र आउदो चुनावमा तालमेलका लागि छलफल हुने समेत बताएका छन ।
केपी ओलीले हरेक ठाउमा तमासा देखाएको अध्यक्ष नेपालको आरोप छ ।
आफू ओली प्रबृती बाट मुक्त भएको धारणा राख्दै , केपी ओली एक नम्वर गफाडी रहेको आरोप लगाए ।
बिगतमा केपी ओलीले निरकुश तरीकाले काम गरेकाले सर्वोच्च अदालतले संबिधानको रक्षा गरेको समेत अध्यक्ष नेपालको भनाई छ ।
पानी जहाज ,रेल , घर घरमा ग्यांस लाईन जोडीने, शिलान्यास का कुरा हावादारी गफ भएको टिप्पणी गरेका छन ।
प्रदेश २ को समग्र बिकासको लागि आफुले बिगत देखि नै छलफल चलाउदै आएको बताएका छन । बिगतमा आफुले शिलान्यास गरेको पुल अलपत्र पारेको । उनलेभने ,”पुल हरु शिलान्यास भयो , अलपत्र छ , तमासा छ ।”
ब्युरोक्रेसी मा समस्या रहेको बताउदै अध्यक्ष नेपालले कमिसनको चक्करले योजनाहरु अलपत्र पर्ने गरेको, गुणस्तरीय काम नहुने गरेको समेत बताए ।
उनले भने मेरो कुरा नि ब्युरोक्रेसीले सुन्दैनन , काठमाण्डौ मा आफ्नो क्षेत्रको बाटो को बिषयमा सदनमा पटक पटक कुरा उठाएको, कर्मचारीलाइ भनेको तर सुनवाइ नभएको उनको भनाइ छ ।
चुनाव खर्चिलाे बन्दै गएकाले तीनै तहको निर्वाचन एकै पटक गर्नु पर्ने पक्षमा आफू रहेको उनको धारणा छ । अर्ली इलेक्सन आवश्यक नरहेको समेत बताए ।
अध्यक्ष नेपाल नया पाटी गठन पछि पहिलो पटक गौरमा हुने चाडपर्वको शुभ कामना आदानप्रदान कार्यक्रममा सहभागी हुन रौतहट आएका हुन ।