Sunday, May 26, 2024
No menu items!

ट्याक्टरबाट झरेर एक बालकको मृत्यु

पछिल्लाे समाचार


सिरहा, १७ कात्तिक //
सिरहामा ट्याक्टरबाट झरेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको गोलबजार नगरपालिका वडा नं. ४ का नशिवलाल सदायका ११ वर्षीय छोरा निशान्त सदाय रहेका छन्।
गोलबजार नगरपालिका वडा नं. ८ मैनाबत्ती खोलाबाट बालुवा बोकेर आइरहेको स १ त ७९५ नम्बरको ट्याक्टरबाट लडेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका सदायको उपचारको लागि लहान लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन्।
ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु