धनुषा , २२ कात्तिक //
धनुषा प्रहरीले ७ लाख बढी मूल्य बराबरको भन्सार छलिको समान बरामद गरेको छ । जनकपुरधाम उपमहानगरपालिका ४ मछाबजार स्थित सडक खण्डमा भारतबाट भन्सार छली ल्याएका जुटको ४ वटा बोरामा पितलको भाडा वर्तनहरू वेवारिसे अवस्थामा बरामद गरेको हो।
१६६ किलो तौल भएको सो भाडाकुँडाको मूल्य २ लाख बराबरको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यस्तै जनकपुरधाम उपमहानगरपालिका २४ बसहिया स्थित भारतबाट भन्सार छली ल्याएका रंजनिगन्धा १० पोका र तुलसी २८ पोका, बच्चाले लगाउने चुरा १५० डिबा, महिलाले लगाउने चुरा १७ डिबा र नम्बर पलेट नखुलेको अपाच्य मोटरसाइकल एकथान गरी १ लाख ३८ मूल्य बरारबरको समानहरू बरामद गरेको प्रहरीले जनाएको छ ।
जनकपुर उपमाहानगरपालिका ४ राम चौक स्थित ज १ ह ४२९९ नम्वरको अटोबाट भारतबाट छलि अवैध रुपमा ल्याएको मिठ्ठा , चिनी, बिस्कुट, रजनिगन्धा लगायतका समान बरामद गरेको छ ।
उक्त समानहरुको मूल्य ३ लख ७८ हजार ४० रुपैयाँ बराबरको समान र अटो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।बरामद समानहरु आवश्यक कार्वाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषामा पठाएको धनुषा प्रहरीले जानकारी दिएको छ ।