निजगढ,१६ कार्तिक । निजगढका मेयर सुरेश कुमार खनालले निजगढ नगरपालिका क्षेत्रमा विध्युत सम्बन्धि समस्या समाधानकालागी विध्युत प्राधिकरणलाई आग्रह गर्नुभएकोछ । मेयर खनालले सोमबार नेपाल विध्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु कुमार श्रेष्ठको टोलीसंगको छलफलमा नगर क्षेत्रमा रहेको विध्युतका पुराना ट्रान्समिटर मर्मत सम्भार गरी आवश्यकता अनुसार नंया ट्रान्समिटरको व्यवस्था गर्न आग्रह गर्नुभयो । मेयर खनालले सडक क्षेत्रमा पर्ने विध्युतका पोलहरु स्थान्तरण गर्नकोलागी पनि तीव्र रुपमा काम अगाडी बढाउनुपर्ने छलफलमा जोड दिनुभएकोथियो । निजगढमै सबस्टेसन निर्माण गर्नकोलागी पहल अघि बढाउने समेत मेयर खनालले बताउनुभयो । बैठकमा विध्युत वितरण केन्द्र सिमरा बाराका प्रमुख रामु कुमार श्रेष्ठले नगरपालिका लगायत अन्य सरोकारवाला निकायहरुसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । मेयर खनालले केहि दिनअघि नेपाल विध्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंगको भेटघाट गर्दै निजगढमा ४०० केभीको सबस्टेसन स्थापनाकोलागी आग्रह गर्नुभएकोथियो । विध्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसंगको भेटघाट पश्चात मेयर खनालले बिध्युत वितरण केन्द्र सिमरा बाराका प्रमुख रामु कुमार श्रेष्ठ नेतृत्वको टोलीसंग छालफल गर्दै निजगढमा ४०० केभीको सबस्टेसन निर्माण गर्न प्रक्रिया अघि बढाउने गरी तयारी गरिएको बताउनुभयो । जस्कोलागी सरोकारवाला अन्य निकायहरुसंग आवश्यक थप छलफल गर्ने मेयर खनालले बताउनुभयो । अहिले निजगढमा २० किलोमिटर वन क्षेत्र हुदै रौतहटको चन्द्रनिगाहपुर सबस्टेसनबाट विध्युत आईरहेकोछ । जंगलमा रुख ढल्दा र सामान्य हावाहुरी चल्दा समेत घन्टौसम्म विध्युत सेवा अवरुद्ध हुने गरेकोछ । बेलाबेला विध्युत सेवा अवरुद्ध हुदा नगरवासीमा परेको असुविधालाई मध्यनजर गर्दै निजगढमै सबस्टेसन बनाउन प्रक्रिया अघि बढाउने र सबस्टेसन नबनुन्जेलकोलागी वैकल्पिक प्रशारण सेवा संचालन गर्नकोलागी विकल्प खोज्ने मेयर खनालले बताउनुभयो ।