Monday, June 24, 2024

नेकपा एमाले रौतहट जिल्ला पदाधिकारीको बैठक सम्पन्न

पछिल्लाे समाचार


रौतहट , २३ कात्तिक //
नेकपा एमाले रौतहट जिल्ला पदाधिकारीको बैठक सम्पन्न भएको छ। सोमबार गरुडा पार्टी कार्यलयमा सो बैठक सम्पन्न भएको हो।
बैठकले महाधिवेशन सङ्ग सम्बन्धित महत्त्वपूर्ण निर्णय गरेको छ।

बैठकले पार्टीको दशौ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि कार्तिक २६ गते उम्मेदवारी दर्ता र सर्वसम्मत पहलका लागि क्षेत्र न. १ र २ को पार्टी कार्यालय गौरमा , क्षेत्र न. ३ को जङ्गलसैयामा र क्षेत्र न ४ को चपुर पार्टी कार्यलयमा छलफल आयोजना गर्ने निर्णय गरेको छ।
यस्तै कार्तिक २७ गते महाधिवेशन प्रतिनिधि चयन गर्ने तथा मङ्सिर १० गते चितवन जिल्लाको नारायणी किनारमा हुने पार्टीको दशौ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन प्रत्येक वडाबाट कम्तिमा १-१ वटा बस रिजर्भ गर्ने र संगठनहरुबाट पहिचान सहित उपस्थित हुने निर्णय गरिएको छ ।

यसैगरी लेवि शुल्कको रकम कार्तिक २४ गते भित्र बझाउनु पर्ने र रौतहट जिल्लाबाट महाधिवेशनमा भब्य उपस्थिति जनाउन उल्लेखित निर्णयहरु रचनात्मक ढंगले लागू गर्न गराउन हुन मातहत कमिटी, पदाधिकारी र सदस्य कमरेडहरुलाई निर्देशन दिइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु