Wednesday, May 22, 2024

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गियो,मंसिर अन्तिम हप्ता महाधिवेशन हुने

पछिल्लाे समाचार


रौतहट , २५ कात्तिक //
नेपाली कांग्रेसको ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गिएको छ। पछिल्लो समय विवाद रहेको रौतहट र रसुवाको विवाद टुङ्गो लागेसँगै सबै जिल्लाको विवाद टुङ्गिएको हो ।
कांग्रेसले विवाद टुङ्गिएसँगै सबै जिल्लाको क्रियाशील सदस्यता नामावली वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।
कांग्रेसको नयाँ कार्यतालिकाअनुसार पर्सिदेखि रोकिएका अधिवेशन प्रक्रिया सुरु गरेर आउँदो मंसिर २४ गतेदेखि २६ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति तोकिएको छ ।
१४ जिल्लाको वडा तहदेखिका अधिवेशन सुरु गर्ने, मंसिर १० भित्र जिल्ला अधिवेशन गर्ने , मंसिर १६ र १७ मा प्रदेश अधिवेशन र मंसिर २४ गतेदेखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गरिने तालिकामा उल्लेख गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु