Sunday, May 26, 2024
No menu items!

मोटरसाइकल चोरी गरी भाग्दै गरेका एक युवक पक्राउ

पछिल्लाे समाचार


सिरहा , १७ कात्तिक //

सिरहामा मोटरसाइकल चोरी गरी भाग्दै गरेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिरहाको विष्णुपुर गाउँपालिका ३ बस्ने २० वर्षीय रुपेश कुमार यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

मंगलबार दिउँसो सिरहाको कल्याणपुर नगरपालिका १० रमना बस्ने दिलिप मण्डलको स ११ प ३७८४ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल आफ्नै घर अगाडी पार्कीङ गरी राखिरहेको अवस्थामा चोरी भएको थियो ।

सोही मोटरसाइकल चोरी गरेर भाग्दै गरेकाको अवस्थामा यादवलाई ईलाका प्रहरी कार्यलाय कल्याणपुर सिरहाबाट खटेको प्रहरी टोलिले पक्राउ गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाले सो घटना सन्दर्भमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु