Monday, June 24, 2024

रौतहटबाट हिडेको बसले हेटौडामा पैदलयात्रीलाई ठक्कर दियो , २ जनाको मृत्यु,४ घाईते

पछिल्लाे समाचार

हेटौडा २१, कार्तिक। रौतहटको गौरबाट हेटौँडा हुँदै नारायणगढतर्फ जाँदै गरेको बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ भने र अन्य चार जना घाइते भएका छन् । शनिवार राती पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानी नजिकैको सडकखण्डमा बागमती प्रदेश ०३-००१ख ०९३६ नम्बरको बसले ठक्कर दिँदा सोहि ठाउ बस्ने २० वर्षीय सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।त्यस्तै बसको ठक्करबाट सङ्गम नेपाली, निषा मोक्तान, तुलसा विष्ट र लक्ष्मी गुरुङ घाइते भएका र उनीहरूको हेटौँडा तथा भरतपुर अस्पतालमा उपचार भइरहेको उनले बताएका छन् । बसले देउसीभैलो खेल्न हिँडेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । सो बसका चालक फरार रहेको, उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बसमा आक्रोसित स्थानीयले आगजनी गर्दा बस पूर्णरुपमा जलेर नष्ट भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु