Friday, May 24, 2024

समाजसेवी सिंहले गरे छठ व्रतालुहरुलाई साडी तथा पुजाको सामग्री वितरण

पछिल्लाे समाचार


रौतहट , १५ कात्तिक //
रौतहटका एक समाजसेवीले छठ व्रतालुहरुलाई साडी तथा पुजाको सामग्री वितरण गरेका छन् ।

जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ५ का संतोष सिंहले आफ्ना स्वर्गीय श्रीमती अर्चना कुमारी सिंहको सम्झनामा आफ्नो वडाका २६ जना छठ व्रतालुहर लाई साडी तथा पुजाको सामाग्री वितरण गरेका हुन ।
स्वर्गीय सिंहको चीर शान्तिको कामना गर्दै आज (सोमबार) बिहान निजी निवासबाट हिन्दुहरुको महान पर्व छठ पुजाको अवसरमा साडी तथा साठीको चामल वितरण गरेको सिंहले बताएका छन् ।
उनले गाउँका केही मानिसहरुको उपस्थितमा ब्रतालुहरुलाई साडी तथा पुजाको सामग्री वितरण गरेका थिए।

कोरोना महामारीको दोस्रो लहरको बेला संक्रमित भएकी उनका श्रीमती अर्चना सिंहलाई उपचारको लागि श्री बिरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको मा उपचारको क्रममा गत बैशाख २४ गते उनको मृत्यु भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु