Thursday, June 13, 2024

सिरहामा एक युवकको शव फेला

पछिल्लाे समाचार


सिरहा , १५ कात्तिक //
सिरहाको सुखिपुर नगरपालिका वडा नं.४ मा दैहिपौडीको नहर देखी दक्षीण धानखेतको छेउमा युवकको शव फेला परेको छ ।

फेला परेको शव सिरहाकै औरही गाउँपालिका वडा नं. ४ का १८ वर्षीय सचिन कुमार यादवको रहेको प्रहरीले जनाएको छ ।
आज विहान स्थानियहरु मृत अवस्थामा रहेको शव देखेपछि सुखिपुर प्रहरीलाई खबर गरेका थिए ।

शव फेला परेको खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटेको प्रहरी टोलीले शवको प्रारम्भिक अनुसन्धान पश्चात पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाएको सिरहाका प्रहरी प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिएका छन् ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु