Sunday, February 9, 2025

हेटौडामा बसले र मोटरसाइकललाई ठक्कर दिंदा रौतहटका एकजनाको मृत्यु

पछिल्लाे समाचार


रौतहट , १९ कात्तिक //
पश्चिम राजमार्गअन्तर्गत हेटौडा- १५ , रातोमाटेमा बसले र मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका -११ , हिमालिवासका २४ बर्षीय रोशन श्रेष्ठ रहेका छन्।
बिहिबार अपराह्न साढे ४ बजेको समयमा नारायणगढबाट बीरगंजतर्फ जादै गरेको ना ८ ख १२४८ नम्बरको बस र बीरगंजबाट हेटौडातर्फ आउदै गरेको बा ७८ प ९९३३ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वोर रिमालले जानकारी दिएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि हेटौडा अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषित गरेको उनले बताएका छन्।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु