Tuesday, April 21, 2026

सर्लाहीकोपशुपालक किसानलाई पशु सुत्केरी भत्ता वितरण

पछिल्लाे समाचार


सर्लाही , ४ मङ्सिर //
सर्लाहीको ईश्वरपुर नगरपालिकामा पशुपालक किसानलाई पशु सुत्केरी भत्ता वितरण गरिएको छ ।

शुक्रबार ईश्वरपुर नगरपालिकाको पशु सेवा शाखाको परिसरमा २०० जना पशुपालक किसानलाई पहिलो पटक सुत्केरी भत्ता वितरण गरिएको हो।
व्यवसायिक रुपमा पशुपालनमा लागेका किसानहरुलाई प्रोत्साहन स्वरुप एक सुत्केरी पशुका लागि १५०० का दरले २०० सुत्केरी गाईभैसीँको सुत्केरी भत्ता र घाँसको बीउ वितरण गरिएको ईश्वरपुर नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रदिप कार्कीले जानकारी दिएका छन् ।

भत्ता वितरण कार्यक्रममा नगरपालिकाका मेयर मनोज कुमार देवकोटा, उपमेयर एकावती देवी चौधरी, पशु सेवा शाखाका प्रमुख शिकारी साह लगायतको उपस्थिति रहेको थियो

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु