Tuesday, April 21, 2026

प्रतिबन्धीत लागु औषधसहित ८० वर्षीय बृद्ध पक्राउ

पछिल्लाे समाचार


पर्सा , २७ मंसिर //
जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धीत लागु औषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी थाना रक्सौल वडा नम्बर ११ का ८० वर्षीय बृद्ध बिजय कुमार कपुर रहेका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले शंका लागि कपुरलाई चेकजाँच गर्ने क्रममा खैरो रंगको ब्ल्याङ्केटको झोलाभित्र लुकाएर ल्याएको लागु औषध फेला परेको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले बताएका छन्।
उनको साथबाट नुफ्रिन, डाईजेपाम, प्रोमिफाईजाम, हाईड्रोक्लोराईड ५/५ सय एम्पुल गरी १५ सय एम्पुल बरामद गरेको प्रवक्ता खनालले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु