रौतहट , १५ पुष //
रौतहटमा कुलोमा डुबेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फतुवा विजयपुर ५ सन्तपुर दोस्तियाका ४० वर्षीय मिरहसन अन्सारी रहेका छन्।
३–४ दिनदेखि बेपत्ता रहेका अन्सारीको शव सडेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्सपेक्टर बिष्णु विश्वकर्माले जानकारी दिए।
मृतक अन्सारी जाँडरक्सी सेवन गर्ने भएकोले कुलोमा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जानकारी दिएको छ।


