Tuesday, April 21, 2026

सर्लाहीबाट एक प्रतिवादी पक्राउ

पछिल्लाे समाचार


सर्लाही , २७ मंसिर //
सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुरबाट डाँका मुद्दाका फरार एक प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संग्रामपुर वडा नं. ३ हाल पर्सा गाउँपालिका–२, बस्ने ५२ वर्षीय किसुर ग्वार रहेका छन्।

सर्लाही जिल्ला अदालत मलंगवाबाट प्राप्त फरार लगत अनुसार फरार प्रतिवादीहरुलाई खोज तलास गर्नेक्रममा ग्वारलाई गाउँघरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेर अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

अहिले फरार अभियुक्तहरुको खोजी कार्यलाई तीव्रता दिएको सर्लाही प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु