Tuesday, April 21, 2026

परीक्षा केन्द्र सारिएको भन्दै सर्लाहीमा विद्यार्थीहरुले गरे प्रदर्शन

पछिल्लाे समाचार


सर्लाही , १८ पुष //
परीक्षाको मुखमा परीक्षा केन्द्र सारिएको भन्दै सर्लाहीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

स्‍नातक चौथो वर्षको परीक्षाको मुखमा परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पस मलङ्वाका विद्यार्थीले प्रदर्शन गरेका हुन्।

जिल्लाका सम्पूर्ण क्याम्पसको परीक्षा केन्द्र यथावत राखिए पनि सर्लाही क्याम्पसको परीक्षा मात्र सारिएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन्।

विद्यार्थीले परीक्षा केन्द्र सारेको विषयलाई लिएर बिहानैदेखि क्याम्पसअगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन्। यस्तै यातायात अवरुद्ध पर्नुका साथै विरोध गर्दै बजार परिक्रमा समेत गरेका छन्।

पहिला तोकिएको केन्द्र यथावत नगरिएसम्म आन्दोलन जारी नै राख्ने अनेरास्ववियुका सर्लाही क्याम्पस कमिटी अध्यक्ष धरबेन्द्र यादवले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु