सर्लाही , ११ माघ //
मालपोत कार्यालय हरिवनका ७ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
आज (मंगलबार) दिउँसो आएको रिपोर्ट अनुसार मालपोत कार्यालय हरिवनका ७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।
हरिवन नगरपालिकाको सासापुर हेल्थपोष्टमा आएको परीक्षण रिपोर्ट अनुसार ७ जना कर्मचारीलाई कोरोना भाईरस पोजेटिभ देखिएको जनाइएको छ।
रुघा खोकी देखिएपछि १७ जना कर्मचारीको स्वाव परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।


