Tuesday, April 21, 2026

गरुडामा आँखा शिविर संचालन

पछिल्लाे समाचार

रौतहट ४ माघ/ गरुडामा निशुल्क आँखा परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ।
श्री दुर्गा भवानी यादव प्रतिष्ठान गरुडा ५ को आयोजनामा भएको निःशुल्क आँखा उपचार शिविरमा एक सय १६ जनाको आँखा परीक्षण गरिएको छ।
परीक्षण गरिएकामध्ये ४३ जनाको आँखामा मोतियाबिन्दु देखिएको छ।
गौर आँखा अस्पतालका विनीता केशरी र शिवकुमार यादव नेतृत्वको चिकित्सक तथा प्राविधिकहरुको टोलीले आँखा जाँच गरेका थिए ।
परीक्षणमा मोतियाबिन्दु देखिएका बिरामीलाई गौरमा निःशुल्क अपरेशन गर्ने बताइएको छ।
चिकित्सकहरुको टोलीलाई आयोजक दुर्गा भवानी यादव प्रतिष्ठानका अध्यक्ष बृजकिशोर यादवले स्वागत गरेका थिए।
निःशुल्क आँखा शिविरमा गरिएको परीक्षणमा आँखामा सामान्य समस्या देखिएका २३ जनालाई निःशुल्क चस्मा पनि प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष यादवले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु