Tuesday, April 21, 2026

पतौरामा भेटीएको अवशेषको उत्खनन र अनुशन्धान हुदै

पछिल्लाे समाचार

रौतहट ४ माघ / मौलापुर नगरपालिका ५ पतौरामा जमिन मुनि भेटिएको अवशेषको उत्खनन र अनुशन्धान भइरहेको छ।

मौलापुरकोे पतौरामा २०५६ मा एक जनाले खेतखन्ने क्रममा जमिनमुनिबाट पुराना इँटाहरु भेटाएपछि त्यसको अनुशन्धान शुरु भएको हो ।
त्यस स्थानमा उत्खनन गर्दा महादेवको मूर्ति र मन्दिरको अवशेष भेटिएको थियो। अहिले पुरातात्विक महादेव नामले चिनिएको त्यही मन्दिरभन्दा करिब एक सय मिटर उत्तरमा मन्दिरको अवशेष भेटिएको हो।
पुरातत्वविद देवेन्द्रनाथ तिवारी, पुरातत्व अधिकृत विष्णु पाठक, आर्किट्याक्ट रोशनी महर्जन, छविकार राजकुमार बन्जारा, प्राविधिक सहायक प्रतिमा सापकोटा र विराट बहादुर थापाको टोली उत्खननमा खटिएका छन ।
भेटीएको अवशेष बाह्रौँ शताब्दी तिरको हुन सक्ने बताइएको छ ।
फेला परेको डिजाइन, इँटा र अन्य बनाबट हेर्दा बाह्रौँ शताब्दीको संरचना हुन सक्ने टोलीको अनुमान रहेको छ ।
पुरातत्व विभागले गरिरहेको उत्खननले सत्यतथ्य पत्ता लाग्ने विश्वास रहेको मौलापुर नगर प्रमुख रिनाकुमारी साहको भनाइ छ।
गतबर्षको पुस २३ देखि पुरातत्व विभागले गरिरहेको उत्खननले पतौरा गाउँको ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी दिने बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु