Tuesday, April 21, 2026

मुख्यमन्त्री राउतको घरमाथि ढुङ्गामुढा गरेको अभियोगमा एक युवक पक्राउ

पछिल्लाे समाचार


पर्सा , ५ माघ //
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमाथि ढुङ्गामुढा गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १ बस्ने २६ वर्षीय सुमन पटेल रहेका छन्। मंगलबार दिउँसो जनकपुरधामलाई मधेश प्रदेशको राजधानी बनाएको भन्दै वीरगञ्ज स्थित तेजारथ टोलामा रहेको मुख्यमन्त्रीको घरमाथि ढुङ्गामुढा भएको थियो । पटेल नेपाली काँग्रेसका कार्यकर्ता रहेको बुझिएको छ ।

उनिमाथि अपराधिक उपद्रव कसुरमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।सोमबार प्रदेशसभा बैठकमा भएको मतदानबाट दुई तिहाइ बढी मतले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम पारित भएको थियो ।

वीरगञ्जलाई मुख्यमन्त्री राउतले राजधानी बनाउन भूमिका नखेलेको भन्दै वीरगञ्ज समितिले निकालेको जुलुसमा सहभागि एक युवकले मुख्यमन्त्री राउतको घरमाथि ढुङ्गा प्रहार गरेका थिए । ढुंगामुढाबाट झ्यालका सिसा फुटेको ठुलो क्षति नभएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु