Tuesday, April 21, 2026

आगामी तीन वर्षभित्र फास्ट ट्रयाक निर्माण सम्पन्न हुने

पछिल्लाे समाचार


रौतहट , ११ फागुन //
राष्ट्रिय गौरवको तराई मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) आयोजना आगामी तीन वर्षभित्र सम्पन्न हुने भएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले आयोजनालाई तीव्र गतिमा अगाडि बढाएको छ। सेनाले २०८१ पुस मसान्तसम्म सम्पन्न हुने विश्वाश गरेका छन।

राष्ट्रिय गौरवको आयोजना छिटो सम्पन्न गर्नका लागि विभिन्न ११ वटा प्याकेज बनाएर एकसाथ काम अगाडि बढाएकाले तीन वर्षभित्र नै सम्पन्न हुने लक्ष्य लिएको नेपाली सेनाले बताएको छ ।

खोकनबासीले स्मार्ट सिटी, हाइटेन्सन लाइन, वागमती कोरिडोर बाहिरी चक्रपथ र फास्ट ट्रयाकसहित पाँचवटा आयोजना सञ्चालन हुँदा बस्ती नै नरहने भन्दै आयोजनासँग एउटा मात्र आयोजना सञ्चालन गर्न माग गर्दै आएका छन् ।
उक्त जग्गामा देखिएको मुआब्जाको विवाद समाधान गर्न रक्षा मन्त्रालय, संघीय संसद्का विकास तथा प्रविधि समितिमार्फत पहल गरिरहेको नेपाली सेनाले जनाएको छ ।

तर, फास्ट ट्रयाक निर्माणका लागि अन्य खण्डमा ठेक्का सम्झौता भएर काम अगाडि बढ्दा पनि खोकना क्षेत्रमा भने सरकारले मुआब्जाको विवादको समाधान गर्न नसकेको जनाइएको छ । फास्ट ट्रयाकको प्रवेश विन्दुको विषयमा खोकनामा विवाद भइरहेको अवस्थामा ११ किलोमिटर प्याकेज भने तत्कालका लागि अगाडि नबढाउने भएको छ ।

आयोजना शुरू हुँदा १ सय ७५ अर्ब रुपियाँ लगानी लाग्ने अनुमान गरिएको आयोजनाको हाल लागत बढेर २ सय १३ अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको पोखरेलले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु