Tuesday, April 21, 2026

काँग्रेसको जिल्ला अधिवेशन फेरी स्थगित

पछिल्लाे समाचार


रौतहट , १२ फागुन //
नेपाली काँग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ। काँग्रेसले बुधबार एक सूचना जारी फागुन १५ गतेका लागि निर्धारित १० वटा जिल्लाको अधिवेशन स्थगित गरेको हो।

सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछामको अधिवेशन २० गतेका लागि सरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै महोत्तरी, रौतहट, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक र कैलालीको अधिवेशन भने तोकिएको मिति फागुन १५ गते नै हुने समितिले जनाएको छ ।

मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको नेपालि काँग्रेसले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु