Tuesday, April 21, 2026

चाेरी भएकाे मुर्तीहरुसहित एकजना सर्लाहीबाट पक्राउ

पछिल्लाे समाचार


सर्लाही , १५ चैत //
मन्दिरबाट चाेरी भएकाे मुर्तीहरुसहित एकजनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको हरिवन नगरपालिका अन्तर्गत सुखेपाेखरी स्थित चतुर्भूजेश्वर महादेव मन्दिरबाट चाेरी भएकाे मुर्तीहरु सहित हरिवन नगरपालिका-११ निवासी २० वर्षीय जितेन्द्र बैठा धोवीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

गत आईतबार बिहान दुईबजे बजे मन्दिरबाट गणेश, दुर्गा माता, विष्णु, सुर्य, कुमार, गंगा माताका मुर्ती सहित मन्दिरको घण्टी र पुजा/आरतीका थालीहरु समेत चोरी भएकाे थियाे ।

धाेवीलाई ईलाका प्रहरी कार्यालय बरहथवाकाे टाेलीले बरहथवा बजारबाट पक्राउ गरि हाल ईलाका प्रहरी कार्यालय हरिवनले आफ्नाे हिरासतमा राखेर अनुसन्धान कार्य अगाडि बढाएकाे जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु