रौतहट , १६ चैत //
जिल्लाको गरुडा नगरपालिकाले कोरोनाको माहामारीको समयमा सर्बसाधारणलाई सरकारले उपलब्ध गराएको राहत कुहिएपछि अहिले झाझ खोलामा फालेको छ ।
कोरोना कहरको समयमा सर्वसाधारणलाई वितरण गर्नका लागि सरकारले उपलब्ध गराएको राहत गरुडा नगरपालिकाका मेयर ईनु यादवका छोरा अनिल यादवले लुकाएर राखेको र अहिले खाद्ययान्न कुहिएपछि रातारात झाझ खोलामा फाल्न लगाएको स्थानीय बासिन्दाको आरोप छ।
कोरोनाको समयमा सर्वसाधारणलाई लुकाएर राखेको खाद्ययान्न खानै नहुने भएपछि तीन दिन देखी मेयर यादवका छोरा अनिलले झाझ पुलमा फाल्न लगाएको स्थानीय बासिन्दाले बताएका छन् ।
मेयर यादवका छोरा अनिल यादव आउदा स्थानीय तहको निर्वाचनमा जसपाबाट गरुडा नगरपालिकाको मेयरमा चुनाव लडने तयारीमा रहेका छन् ।
उनकै ईसारामा गरुडा नगरपालिकामा व्यापक रुपमा आर्थिक अनियमिता भएको स्थानीय बासिन्दाको आरोप छ ।
गरुडा नगरपालिकाको पियन पदमा कार्यरत रहेका यादवले नगरपालिकामा चरम आर्थिक अनियमिता गरेको र आंउदो चुनावमा आफ्ना मान्छेलाई वितरण गर्नका लागि लुकाएर राखेको खाद्ययान्न फालेको कुरा समाजिक संजालमा छरपरपष्ट भएपछि उनी आफुलाई थाहा नभएको भन्दै पन्छन थालेका छन् ।


