Tuesday, April 21, 2026

करेन्ट लागेर एक जनाको मृत्यु

पछिल्लाे समाचार


सर्लाही , ८ चैत //
सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१५, परवानिपुर सतभैयाका स्थानीय ४५ वर्षीय तुलबहादुर पुलामी मगर रहेका छन्।

मंगलबार बिहान साँढे ११ बजेतिर घर छेउकै निर्माणाधीन मन्दिरमा ढलानका लागि फलामको काम गरिरहेका बेला अचानक फलामले नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छुँदा मगरलाई करेन्ट लागि घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक मगरको शव घटनास्थलको प्रकृति मुचुल्का गरी पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा पठाइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताए ।उनका अनुसार करेन्ट लागेर अर्का एक जना सामान्य घाइते भएका छन् । उनी प्राथमिक उपचार गराई घर फर्किसकेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु