Tuesday, April 21, 2026

राजनैतिक पुर्वाग्रह राख्न खोजीयो : पुर्वप्रदेश सांसद कुश्वह

पछिल्लाे समाचार

रौतहट ४  चैत।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्व प्रदेश सांसद कुन्दन कुश्वाहाले राजनीतिक पुर्वाग्रह राखेर बदनाम गराउन खोजेको बताएका छन ।
केही कुतत्त्वले हर्साहमा भएको  दुर्घटनामा आफुलाई बदनाम गर्न गलत प्रचारमा लागेको केन्द्रीय सदस्य कुश्वाहको भनाइ छ ।
नेकपा एमाले पार्टी को बढ्दो लोकप्रियता लाई देखेर  अपवित्र गठबन्धनका केहि  नेताको ईसारामा  पिकअप दुर्घटना संग आफ्नो नाम जोडेर भ्रम छर्न खोजेको उनले प्रष्ट पारेका छन ।
आफू पछिल्लो केही दिनदेखि २४ सै घन्टा  पुर्वमन्त्री प्रभु साहको साथमा होलिको अवसरमा भएको   जिल्लाको विभिन्न  कार्यक्रममा  सहभागी हुँदै आएको सार्वजनिक हुदाहुदै दुस्प्रचार गर्नु निन्दनिय रहेको केन्द्रीय सदस्य कुश्वाहको भनाइ छ ।
दुइदिन अघि चन्द्रनिगाहपुर बाट गौर तर्फ गइरहेको बा१७ च ६१६३ नम्बरको  स्कार्पियो पिकअपले हर्साहा चौकमा ठक्कर दिंदा २ जनाको मृत्यु भएको थियो । ठक्करबाट ड्युटीमा रहेका प्रहरी चौकी हर्साहा प्रमुख असई उपेन्द्र यादव र जवान मुस्तुफा अंसारी घाइते भएका थिए ।
ठक्कर दिने गाडी चालक मौलापुरका  संजय पाण्डे र  गाडीमा सवार सोही ठाउँका  कुन्दन पाण्डे पक्राउ परेको प्रहरीले जनाएको थियो । उनीहरु लाई प्रहरीले एक दिन राखेर छाडेको छ ।
उनीहरु बिरुद्घ  जाहेरी नपरेकोले   छाडिएको गरुडाका डिएसपी श्रीराम भण्डारीले बताएका छन ।
डिएसपी भण्डारीले भने “,टेक्निकल अनुशन्धानको लागि समय पुगेन, पक्राउ परेकाहरु चालक होइन भन्ने कुरा आयो , पिडित पक्षले उनीहरु बिरुद्ध जाहेरी दिएका छैनन ।”
केही मानिसले उक्त गाडी दुर्घटना हुंदा पुर्व  प्रदेश सांसद कुन्दन कुश्वाह रहेको भन्दै बदनाम गराउने,  चरीत्र हत्या गर्ने काम गरेकाले उनीहरुलाइ  कार्वाहीको दायरामा ल्याउन स्थानीय प्रशासन संग माग कुश्वाहले  माग  गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु