Wednesday, April 8, 2026

एमाले चितवनका एक उम्मेदवार निर्विरोध निर्वाचित

पछिल्लाे समाचार


चितवन , १३ बैशाख //
चितवनको इच्छाकामना गाउँपालिकामा एमालेका एक उम्मेदवारी निर्विरोध निर्वाचित भएका छन् ।इच्छाकामना गाउँपालिका वडा नं १ बाट दलित महिला तर्फकी उम्मेदवार दुर्गा सार्की पूजा निर्विरोध निर्वाचित भएकी हुन् ।

इच्छाकामना गाउँपालिका अध्यक्षमा एमालेको तर्फबाट दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाल उम्मेदवार बनेका छन् ।
त्यस्तै गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा काँग्रेसकी गीता गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रका प्रताप गुरुङ उम्मेदवार बनेका छन् ।

एमाले इच्छाकामना अध्यक्ष कृष्ण सिलवालले नेकपा एमालेको उम्मेदवार निर्विरोध निर्वाचित भएपछि निर्वाचनमा हौसला मिलेको बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु