Tuesday, April 14, 2026

टिकट नपाएपछि एमाले त्यागेर प्रधानले दिए स्वतन्त्र उम्मेदवारी

पछिल्लाे समाचार

रौतहट १३,बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि गुजरा नगरपालिकाको वडा न ३ को अध्यक्षमा नेकपा (एमाले)बाट आकांक्षी रहेका ईश्वर प्रधान (तुला) ले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले हिजो गुजराको सिमराभवानीपुरमा रहेको निर्वाचन कार्यलयमा मनोनयन दर्ता गराएका हुन् । वडाको मतदाताको माग बमोजिम नै आफुले उम्मेद्वारी दर्ता गराएको उनले बताए।

एमालेबाट टिकट नपाएपछि प्रधान असन्तुष्ट बनेका थिए । पार्टीले वास्तविक कार्यकर्तालाई ‘बाइकाट’ गरेको उनको आरोप छ । “पार्टीमा पुँजीपति हाबी भएको छ,” उनले भने, “त्यसैले पार्टी त्याग गरेर स्वतन्त्र उमेदवारी दिएको छु ।”
शिक्षा, स्वास्थ , कृषिमा आधुनिकिकरण, बेरोजगारीको अन्त्य लागि युवा स्वोरोजगार कार्यक्रमलाई पहिलो प्राथमिकता,दलित बर्गको उत्थानको लागि आफ्नो उम्मेद्वारी रहेको उनको भनाई छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु