सर्लाही , १३ बैशाख //
सर्लाहीको मलङ्गवा स्थित एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
आज बिहान करिब ४ बजेतिर मलङ्गवा नगरपालिका १० स्थित नेपाली काँग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा आगलागी भएको प्रहरीले सर्लाहीका प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
आगलागीबाट करिब १५ लाख मूल्य बराबरको क्षति भएको बुढाथोकीले जजनाए । आगोले घरमा भएको अन्नपात, लत्ताकपडा र गरगहना समेत जलेर नष्ट भएको छ । आगो स्थानी तथा नेपाल प्रहरीको सहयोगलमा नियन्त्रणमा लिएको थियो ।


