रौतहट , १३ बैशाख //
आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि रौतहटका १८ वटा स्थानीय तहमा दलगत तथा स्वतन्त्र गरी ४ हजार ८ सय ६८ जनाले मनोनयनपत्र दर्ता गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ताको अन्तिम दिनसम्म रौतहटका १६ नगरपालिका र दुई गाउँपालिकामा मेयरदेखि वडा सदस्यसम्ममा ४ हजार ८६८ जनाको मनोनयन दर्ता भएको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिकामा ३१३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यस्तै माधवनारायण नगरपालिकामा ३ सय ५२ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् भने मौलापुर नगरपालिकामा ९२ जनाको मनोनयन दर्ता भएको छ ।यस्तै गौरमा ३ सय ३६ जनाको मनोनयन दर्ता भएको छ ।
गरुडामा २ सय २९ जना ,ईशनाथ नगरपालिकामा २सय ७७, कटहरीयामा २४५, गढीमाईमा ३सय ९, गुजरामा ३सय ४, देवाही गोनाहीमा २सय ४, परोहामा २सय ७३, फतुवा विजयपुरमा ३सय ४३, बौधिमाईमा ३सय ११, राजदेवीमा २सय ५४, राजपुरमा २सय ८३, वृन्दावनमा ३सय ४ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।यसैगरी रौतहटका गाउँपालिकाहरु दूर्गा भगवतीमा १सय ९६ र यमुनामाईमा २सय ४३ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जानकारी दिएको छ।


