रौतहट , १२ बैशाख //
रौतहटको राजपुर नगरपालिकामा जैद राजालाई एमालेबाट मेयरको उम्मेदवार नबनाए पछि उनले पार्टी परित्याग गरेका छन्।
पार्टीले राजपुरका निवर्तमान मेयर शेख सकिललाई टिकट दिने भए पछि जैदले पार्टी परित्याग गरेका हुन ।
पार्टीका कार्यक्रमहरुमा सदैव देखिने र राजपुरमा एमालेलाई बलियो बनाउने युवा नेता जैद पूर्वमन्त्री स्व. मुस्ताक आलमका छोरा हुन ।
यूवाहरुमा माझ लोकप्रिय रहेका आलमलाई राजपुर नगरवासीले समर्थन गर्दै आएका छन । एमाले परित्याग गरेका जैद जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन । उनी जसपाका तर्फबाट राजपुरमा मेयरका उम्मेदवार हुने छन ।






